बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकिङ प्रणालीमा विस्तारै तरलता बढ्न थालेको छ। पछिल्ला दिन दैनिक औसत ८/१० अर्ब रुपैयाँका दरले निक्षेप थपिन थालेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, बैंक तथा वित्तीय संस्थाको निक्षेप एकै दिन ९ अर्बले बढेर ५० खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। यो गत आइतबारसम्मको तथ्यांक हो।
वाणिज्य बैंकहरुको मात्र निक्षेप एक दिनमा ८ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ। ऋण भने घटिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरुको ऋण दुई अर्ब रुपैयाँले घटेर ४७ खर्ब ६ अर्बमा झरेको छ। यो ऋण वाणिज्य बैंकहरुको घटेको हो। बैंक ऋण ४१ खर्ब ७६ अर्बमा झरेको छ।
ऋण घट्ने र निक्षेप बढ्ने हुँदा कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ८८.६३ प्रतिशतमा झरेको छ। तर अन्तर बैंक ब्याज दर भने ७ प्रतिशत माथि नै छ।



About Us
प्रतिक्रिया