बैंकिङ्ग कसुर

चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका राम प्रसाद भट्टराई पक्राउ

४ लाख बिगो सजाय


काठमाडौं – चेक अनादर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेका धुलिखेल नगरपालिका– ३ घर भई हाल भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा – ३ बस्ने राम प्रसाद भट्टराई रहेका छन्। 

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेकाे हाे। उनलाई जिल्ला अदालत ललितपुरले चेक अनादर मुद्दामा २ वर्ष कैद र ४ लाख बिगो सजाय तोकिएको थियो। 

भट्टराईलाई पक्राउ गरी जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरीले जनाएको छ।