नबिल बैंकले उपत्यकामा आफ्नो शाखाका शौचालय सार्वजनिक बनाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकले उपत्यकामा आफ्नो शाखाका शौचालय सार्वजनिक बनाउने भएको छ । बैंकले काठमाडौ उपत्यकामा रहेका १८ वटा शाखा कार्यालयमा रहेको शौचालयलाई सार्वजनिक बनाउने भएको हो ।

बुधबार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौ महानगरपालिका र नबिल बैंकबीच सम्झौता भएको हो । सम्झौतामा  नबिल बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाह र काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नबिल बैंकको केन्द्रिय कार्यालय तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई बैंकले सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको हो ।

काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको थियो ।

महानगरका अनुसार हाटल रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैर सरकारी सघं संस्थाले सात दिनभित्र प्रस्ताव पेश गर्न सक्ने छन् ।