बैंकहरुको औसत सिडि रेसियाे ९०% भन्दा तल झर्यो, निक्षेप संकलन बढ्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियाे) औषतमा ९० प्रतिशतभन्दा तल झरेको छ । जेठ लागेदेखि बैंकहरुमा निक्षेप संकलन केहि बढ्न थालेसँगै बैंकहरुको सिडि रेसियाे घट्न थालेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत शुक्रबारबाट बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशतबाट तल झरेको हो । शुक्रबार बैंकहरुको यस्तो आनुपात औषतमा ८९.९६ प्रतिशतमा झरेको थियो ।

गत आइतबारसम्ममा बैंकहरुको औसतमा सिडि रेसियाे ८९.९९ प्रतिशत छ । तर पनि अहिले एक दर्जन बढी बैंकहरुको सिडि रेसियाे ९० प्रतिशतभन्दा माथि छ ।

पुस अन्तिमसम्ममा बैंकहरुको सिडि रेसियाे ९० प्रतिशतभन्दा तल थियो माघ लागेसँगै उक्त रेसियो बढेर ९० प्रतिशतभन्दा माथि पुगेको थियो । बैंकहरुको सिडि रेसियाे झण्डै ५ महिनापछि ९० प्रतिशतभन्दा तल झरेको हो । 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नै सिसिडि रेसियाे खारेज गर्दै सिडि रेसियाे लागु गरेको थियो । बैंकहरुलाई आगामि असार मशान्तसम्ममा सिडि रेसियाे ९० प्रतिशतभन्दा तल ल्याउनुपर्ने अवस्था छ ।

आर्थिक वर्षको अन्तिमसम्ममा पनि सिडि रेसियाे ९० प्रतिशतभन्दा माथि नै राखेपछि पछिल्लो केहि समययता केन्द्रिय बैंकले बैंकहरुलाई दबाब दिन थालेको छ ।  

चुनावपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन केही बढ्न थालेको छ । जेठ यता बैंकहरुमा निक्षेप संकलन १७ अर्ब रुपैयाँले बढेको छ । सोमबारसम्ममा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४३ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको केन्द्रिय बैंकको तथ्याँकले देखाउँछ ।