दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता, बैंकहरु आइतबार पनि खुल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आइतबार पनि दिँदै आएको साप्ताहिक बिदा हटाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को यो निर्णय असार १ देखि लागू हुने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले पेट्रोलको खपत कम गर्न नेपाल आयल निगमको सिफारिसमा परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सातामा दुई दिन बिदा दिने सरकारको निर्णयको आलोचना भएको थियो । सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।

यो सँगै अब आइतबार पनि बैंकवित्तहरु खुल्ला हुने भएको छ । सातामा दुई दिन बैंकहरु बन्द हुँदा सर्वसाधारणहरु समस्यामा परेका थिए ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय हटाएपछि राष्ट्र बैंक पनि व्याक टु पुरानै मोडलमा जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पव्लिक होलि डे पनि वाणिज्य बैंकहरुले सेवा दिन्छु भन्नुहुन्छ भने उहाँहरुले पाउनुहुन्छ ।’ उहाँले राष्ट्र बैंकले अर्को निर्देशन छिट्टै जारी गर्ने र अर्को निर्देशनले जारी नभएसम्मका लागि सोही निर्देशनले काम गर्ने बताउनुभयो ।