ज्योति विकास बैंकको विस्तारित काउन्टर नुवाकोटको त्रिशुली कोलोनीमा उद्घाटन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ज्योति विकास बैंकले नुवाकोटस्थित त्रिशुली शाखा अन्तर्गतको त्रिशुली कोलोनी विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ । बैंकको संजाल थप सुदृढ गर्ने क्रममा बैंकले त्रिशुलीमा विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो ।  

विदुर नगरपालिका वडा नं ९ नुवाकोटस्थित त्रिशुली कोलोनी विस्तारित काउन्टरको समुद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए । उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो । 

विस्तारित काउन्टर उद्घाटनको अवसरमा बैंकले त्रिशुली कोलोनी विस्तारित काउन्टरका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्युआर कोड, निशुल्क डलर कार्ड जारी, निशुल्क डिम्याट खाता, निशुल्क मेरोसेयर रजिस्ट्रेशन, निशुल्क डेबिट कार्ड, निशुल्क मोबाईल बैंकिंग सेवा, निशुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ ।

हालसम्म ज्योति विकास बैंकले ११७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ६४ वटा एटएएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।