रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकको सहकार्य

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ललितपुर जिल्ला पाटनमा प्रत्येक वर्ष मनाइने रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंक लि. द्वारा रथ तान्ने भक्तजनहरुलाई २०० (दुई सय) थान टिसर्ट सांग्रिला डेभलपमेन्ट बैंक लि., कुमारीपाटी शाखा मार्फत वितरण गरिएको छ । 

ललितपुरको विभिन्न स्थानहरु हुँदै जावलाखेलमा भोटो देखाई मिति २०७९ साल जेष्ठ २१ गते समापन हुने उक्त जात्रामा सहभागी भक्तजनहरुलाई २०७९ साल जेष्ठ १९ र २० गते जावलाखेल चोकमा सांग्रिला डेभलपमेन्ट बैंकले निःशुल्क पिउने पानी वितरणको व्यवस्था गरिएको व्यहोरा समेत जानकारी गराएकोछ । 

यस बैंकलाई् आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटिएम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।