माछापुच्छ्रे बैंकका ग्राहकले काठमाडौं प्याथल्याब र ग्यालेक्सि स्पेसेलिटी क्लिनिकमा विशेष छुट पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंक र Kathmandu Pathlab and Diagnostic Center Pvt.Ltd. (महाराजगञ्ज) र Galaxy Speciality Clinic Pvt.Ltd. (महाराजगञ्ज) बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले Kathmandu Pathlab and diagnostic center Pvt.Ltd. बाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि सुविधा लिदाँ २५% सम्म छुट पाउनेछन् । त्यसै गरि Galaxy Speciality Clinic Pvt.Ltd. बाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि (Except in Specialty Services) सुविधाहरुमा २५ % सम्म छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा QR प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । 

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।