गरिमा विकास बैंकको नयाँ शाखा ड्राईभरटोल, रुपन्देहीमा संचालन


बैंकिङ्ग समाचार, काठमाडौं ।
‘Access  to All’ भन्ने मुल नारा सहित नेपालभर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा ड्राईभरटोल शाखा संचालनमा ल्याएको छ ।

यस सँगै गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।