सर्वोच्चले रोकेको निजगढ विमानस्थलको लागि पनि छुट्याइयो बजेट


बैंकिङ्ग समाचार, काठमाडौं ।
निजगढ विमानस्थल निर्माणको लागि सरकार र सर्वोच्च अदालतको जुहारी परेको छ । सर्वोच्चले निर्माण नगर्न आदेश दिएको उक्त विमानस्थल निर्माण गर्न सरकारले बजेटमै समावेश गरेको छ । 

केहि दिन अघि मात्रै अदालतले उक्त विमानस्थल निर्माण नगर्न आदेश जारी गरेको थियो । तर, आइतबार अर्थमन्त्री जनार्दन शर्माले निगजढ विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका छन् । यसविरुद्धको कारबाही प्रभावकारी बनाइनेछ । संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।   

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालको दोस्रो टर्मिनल बनाउन २ अर्ब २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै, धनगढि विमानस्थललाई क्षेत्रयि विमानस्थलको रुपमा विस्तार गरिने भएको छ । डडेल्धुरा बलेवा दाङ र टीकापुर विमानस्थलको स्तरोन्नति गरिने भएको छ । त्यस्तै, उदयपुरमा पनि विमानस्थल निर्माणको काम अगाडी बढाईने बजेटमा उल्लेख गरिएको छ ।    

अहिले संघीय संसद्को बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । आज बसेको संयुक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट पेश गर्न अनुमति दिएका थिए ।