किसानले पेन्सन पाउने, किसान पेन्सन योजनामा सरकारले १०% रकम जम्मा गरिदिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
किसान हुनुमा आत्मसम्मान र गौरव बृद्धि गर्न किसान सँग सरकार कार्यक्रम अन्तर्गत योगदानमा आधारित किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोषको स्थापना गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत उक्त कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत रकम नेपाल सरकारले जम्मा गरिदिने व्यवस्था मिलाइने भएको छ । कोष स्थापना गर्न प्ररम्भमा विउ पूँजी बापत रु एक अर्ब छुट्टाइएको छ ।

किसान परिचय पत्रको आधारमा किसानहरुलाई सार्वजनिक सेवामा सहुलियत तथा छुट प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ ।