रुरु जलविद्युत परियोजना लिमिटेडको बोनस सेयर सुचिकृत

रुरु जलविद्युत परियोजना लिमिटेडको बोनस सेयर सुचिकृत


बैंकिङ्ग समाचार,काठमाडौं । 
आज माघ ९ गते (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज रुरु जलविद्युत परियोजना लिमिटेडको सेयर सूचिकृत भएको हो ।

कम्पनीको १० प्रतिशत बोनस बापतको ४ लाख ७ हजार ७ सय ५ दशमलव ५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

अव यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिने छ ।

कम्पनीले असोज १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।