स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजदेखि लिलामीमा

स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजदेखि लिलामीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकको स्वामित्वमा रहेको स्वाबलम्बन लघुवित्त वित्तीय सस्थाको संस्थापक शेयर आज (बुधवार) देखि लिलामीमा विक्री खुला भएको छ । कम्पनीले कम्पनीको १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । यस लिलामीमा शेयरमा आवेदकले माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

शेयर न्यूनतम मूल्य रू.६५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै पनि हद नलाग्ने जानकारी गराएको छ । 

विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । माघ १८ गते बैंकिङ समय सम्म प्राप्त भएका बोलपत्रहरु माघ १९ गते बिहान १० बजे नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नारायणचौर नक्सालमा खोल्ने पनि जानकारी गराएको हो ।