बैंकिङ्ग समाचार, काठमाडौं ।
नयाँ वर्ष २०२२को अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरूको लागि ‘सानिमा सजिलो ई–बैकिङ नयाँ वर्ष धमाका योजना’ सार्वजनिक गरेको छ। उक्त योजनाअन्तर्गत ग्राहकहरूले सानिमा सजिलो ई–बैकिङमार्फत कारोबार गरी आकर्षक पुरस्कारहरू जित्न सक्नेछन्।
मोबाइल एप निर्माता एफवान सफ्टसँगको सहकार्यमा सञ्चालित यस योजनामा ३ जना भाग्यशाली विजेताले आइफोन १३, २ जना भाग्यशाली जोडीले बाली–इन्डोनेसिया भ्रमण र ५ जना भाग्यशाली जोडीले पोखरा भ्रमण पुरस्कारमा प्राप्त गर्न सक्नेछन्। त्यस्तै, मोबाइल बैकिङमार्फत पहिलो पटक कारोबार गर्ने १० जना ग्राहकहरूले प्रत्येक दिन एक सय रुपैयाँ क्यास ब्याक पनि प्राप्त गर्नेछन्।
सानिमा बैंकको नयाँ वर्ष धमाका योजनामा सहभागी हुनका लागि ग्राहकले सानिमा बैंकको मोबाइल बैकिङ एप सानिमा सजिलो ई–बैकिङ प्रयोग गरेर तीन महिनामा अविधभर कम्तीमा १५ वटा कारोबार गर्नुपर्ने हुन्छ।
यो योजना सन् २०२२ को जनवरी १ तारिखदेखि मार्च ३१ सम्म लागू हुनेछ। सानिमा बैंकको मोबाइल बैकिङ एप प्लेस्टोर वा एप स्टोरबाट सहजै डाउनलोड गर्न सकिन्छ। र, यसलाई नजिकैको शाखामा सम्पर्क गरेर कारोबार सुरू गर्न सकिन्छ।
सानिमा बैंकको देशभर १ सय १९ वटा कार्यालय र ९७ वटा एटिएम सञ्चालन भइरहेको छ।






About Us
प्रतिक्रिया