३० प्रतिशत हकप्रद निष्काशन गर्दै छ्याङदी हाइड्रो, पुस २१ गते बुक क्लोज हुने

३० प्रतिशत हकप्रद निष्काशन गर्दै छ्याङदी हाइड्रो, पुस २१ गते बुक क्लोज हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
छ्याङदी हाइड्रोपावरले फेरी हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले  हाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भएको ३० प्रतिशत हकप्रद शेयर बितरण पश्चात् कायम हुने चुक्ता पूँजी रु. ३८ करोड ६९ लाख ७७ हजार ५ सयको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको हो । दोस्रो हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी ५४ करोड १७ लाख पुग्ने छ  । 

कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २० गतेसम्म  कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश भने घोषणा गरेको छैन । 

कम्पनीले ३० प्रतिशत हकप्रद निष्काशन तथा साधारणसभाको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले, पुस २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । 

छ्याङदीले  १०:३ को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो  । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । 

कम्पनीले बैशाख १५ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा बोर्डले पुस १ गते कम्पनीले हकप्रदको लागि अनुमति प्रदान गरेको थियो।