मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाको अध्यक्षमा सन्जिब मानन्धरले गरे शपथ ग्रहण

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था  लिमिटेडको नवौं वार्षिक साधारण सभाबाट अध्यक्षमा पुनःनिर्वाचित सन्जिब मानन्धरले आज मंगलबार शपथ ग्रहण गरेका छन्। 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देब कुमार ढकाल समक्ष अध्यक्ष मानन्धरले शपथ ग्रहण गरेका हुन् । गत शुक्रबार सम्पन्न भएको साधारण सभाबाट संचालक पदमा निर्वाचित भई संचालक समितिको बैठक न.११९ बाट अध्यक्ष पदमा मनोनित गरिएको हो । साथै अध्यक्ष सहित आगामी चार वर्षका लागि ४ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको थियो । छलफल तथा अनुमोदनका लागि पेस भएका सम्पूर्ण प्रस्ताव सभाले पारित गरेको थियो ।

सभाले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर पनि पारित गरेको संस्थाले जनाएको छ ।