नेरुडे लघुवित्तको शेयरमूल्य समायोजन

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मंसिर २६ गते, आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड (NLBBL) को शेयरमूल्य समायोजन भएको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले लघुवित्तको २१.४९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ४१ रुपैयाँ १८ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार २६४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको २१.४९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.१३ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्न पुस १० गते शनिबार, उद्योग संगठन मोरङ्गको सभाहल, विराटनगरमा १५ औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गने प्रस्ताव पनि पारित गर्नेछ।

त्यसैगरी, गत शुक्रबार नेप्सेले लक्ष्मी बैंक, समता घरेलु लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन गरेको थियो। लक्ष्मी बैंक र समता घरेलुले साधारण सभा तथा लाभांश वितरण र नारायणीले हकप्रद निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको थियो।

नेप्सेले लक्ष्मी बैंकको ८ प्रतिशत बोनस, समता घरेलुको २० प्रतिशत बोनस र नारायणीको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरेको थियो। समायोजनपश्चात लक्ष्मी बैंकको शेयरमूल्य २७० रुपैयाँ ३७ पैसा कायम भएको छ भने समता घरेलुको १ हजार १२५ रुपैयाँ ८३ पैसा र नारायणीको ४७८ रुपैयाँ कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार लक्ष्मी बैंकको शेयर प्रतिकित्ता २९२ रुपैयाँ, समता घरेलुको एक हजार ३५१ रुपैयाँ र नारायणीको ८५६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर आज यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।