लगानीकर्ताहरु अर्थमन्त्रीलाई भटेर बजारमा देखिएका समस्याहरु अवगत गराउने तयारीमा

लगानीकर्ताहरु अर्थमन्त्रीलाई भटेर बजारमा देखिएका समस्याहरु अवगत गराउने तयारीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
शेयर बजारमा देखिएका समस्याहरु लिएर लगानीकर्ताहरुले अर्थमन्त्री जनार्दन शर्मालाई भेट्ने तयारी गरेका छन्। उनीहरूले अर्थमन्त्रीलाई मंगलबार भेटेर शेयर बजारमा देखिएका समस्याहरुको समाधान गर्नतर्फ सरकारलाई अवगत गराउने भएका हुन् ।

बजारमा देखिएको गम्भिर समस्याहरु समाधान गर्न पहल गर्ने भन्दै मंसिर २० गते एक कार्यादल गठन भएको छ । उक्त कार्यदलमा रहेका प्रतिनिधिहरुले अर्थमन्त्रीलाई भेट्ने भएका हुन् ।

उक्त कार्यदलले बजारमा भएका समस्या तत्काल सम्बोधन गर्नु पर्ने केही बुँदाहरु उल्लेख गरेका छन् । यिनै बुँदामाथि छलफल हुने लगानीकर्ताको भनाई रहेको छ ।

१) शेयर दलालमार्फत मार्जिन ट्र्रेडिड कर्जा व्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा नआएसम्म शेयर धितो कर्जामा लगाइएको सिमा हटाइनु पर्ने ।

२) लामो समयदेखि रिक्त रहेका नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखहरुको योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा तत्काल नियुक्ति गर्न सरकारसँग माग गर्ने ।

३) पुँजी बजार विकास र विस्तारका लागि अर्थ मन्त्रालयले ३ वर्ष अघि नै गरिसक्छु भनेका ५८ बुँदेका कार्यतालिका सहितका बाँकी कामहरु तत्काल गराउँन माग गर्ने निर्णय ।

४) माथि उल्लेखित कामहरु सम्पन्न भई पुँजी बजारसम्बन्धी नीति नियम, पूर्वाधार र प्रविधिको सुनिश्चितता नभएसम्म सम्पूर्ण संघसंस्था र लगानीकर्ताहरु एकताबद्ध र सामूहिक ढंगले लागिरहने प्रतिबद्धता गर्ने ।

शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज लामो समयसम्म प्रमुख विहिन हुदाँ बजारले थप समस्या झेल्नु परेको लगानीकर्ताहरुको बुझाई छ। दुवै निकायका प्रमुखहरुको योग्यता क्षमता र प्रतिस्पर्धाका आधारमा तत्काल नियुक्त गर्नुपर्ने उनीहरुको भनाई रहेको छ ।