महुली लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
महुली लघुवित्त वित्तयि संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २२ करोड ३९ ला ४४ हजार रुपैयाँको २६ प्रतिशत अर्थात ५ करोड ८२ लाख २५ हजार ४४० रुपैयाँ बराबर बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो।

उक्त लाभांश लघुवित्त आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

लघुवित्तको हालको चुक्ता पूँजी २२ करोड ३९ लाख रुपैयाँ रहेको छ उक्त प्रस्तावित बोनस वितरणपछि लघुवित्तको चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार रूपैयाँ पुग्नेछ।