तीन कम्पनीको शेयरमूल्य समायोजन

तीन कम्पनीको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
मंसिर १७ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा एभरेष्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्थाको मंसिर १७ गते, शुक्रबार सेयर मूल्य समायोजन भएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ शुक्रबार तीवटै कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

स्टकका अनुसार एभरेष्ट बैंकको ६ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १०.९३ प्रतिशत र सबैको लघुवित्तको ३१.०५ प्रतिशत बोनस सेयर समायोजनपछि नयाँ मूल्य निर्धारण गरिएको हो ।

जसअनुसार एभरेष्ट बैंकको प्रतिकित्ता ५५० रुपैयाँ, शाइन रेसुङ्गाको ४०३.८६ रुपैयाँ र सबैको लघुवित्तको प्रतिकित्ता १ हजार ५०४.०२ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो कारोबार दिन बिहीबारको मूल्यलाई आधार मानेर बोनस समायोजन गरिएको हो ।

बिहीबार एभरेष्ट बैंकको प्रतिसेयर प्रतिकित्ता ५८३ रुपैयाँ, शाइन रेसुङ्गाको ४४८ रुपैयाँ र सबैको लघुवित्तको १ हजार ९७१ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

शुक्रबार समायोजन भएको मूल्यलाई आधार मानेर तीनवटै कम्पनीको आइतबार धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्नेछ ।