माछापुच्छ्रे बैंक लि.र सरफ एक्सचेन्ज बीच सम्झौता

माछापुच्छ्रे बैंक लि.र सरफ एक्सचेन्ज बीच सम्झौता


बैकिङ्ग समाचार ।

माछापुच्छ्रे बैंक लि.ले दुवईमा रहेका नेपालीहरु माझ आफ्नो सेवालाई अझै विस्तार गर्दै लैजाने क्रममा दुवई स्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसंग व्यवसायीक सम्झौता गरेको छ । 
उक्त सम्झौतापत्रमा सरफ एक्सचेन्जको तर्फबाट महाप्रबन्धक सुरेश कुमार तथा माछापुच्छ्रे बैंक लि.को  तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोइरालाज्यूले हस्ताक्षर गर्नुभएको हो । उक्त सम्झौता पश्चात अव दुवईमा रहेका नेपालीहरुले दुवईस्थित सरफ एक्सचेन्जका सम्पूर्ण शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका देशभर रहेका सम्पूर्ण शाखा तथा ७ हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सजिल्यै भुक्तानी लिन सकिने छ । 
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १५६ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२१  स्थानमा रहेका सेवा सञ्जाल तथा १९७ वटा एटीएमहरु तथा करिब २ हजार भन्दा बढि पिओएस मसिनहरु मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।