काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ३ वटा ब्रोकर कम्पनमाथि डन्डा चलाएकाे छ। सेबोनले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी कानुनको उल्लङ्घन गरेको भन्दै तीन ब्रोकर कम्पनीलाई लाखौँ रुपैयाँ जरिवानासहित कारबाही गरेको हाे।
सेबोनले सिप्ला सेक्युरिटिजलाई ५० लाख रुपैयाँ जरिवाना गरेको छ भने श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेजलाई जनही ३०/३० लाख रुपैयाँ जरिवाना तिराएको छ। सेबोनले सिप्लालाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ फ को उपदफ १ को खण्ड (ख) बमोजिम ५० लाख रुपैयाँ जरिवाना गरेको हो।
यस्तै, श्री कृष्ण सेक्युरिटिजलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ फ को उपदफ १ को खण्ड (ख) बमोजिम ३० लाख रुपैयाँ जरिवाना तोकेको छ। यस्तै, हातेमालो फाइनान्सियल सर्भिसेजलाई पनि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ फ को उपदफ १ को खण्ड (ख) बमोजिम ३० लाख रुपैयाँ जरिवाना गरेको हो।
सम्पत्ति शुद्धीकरण निवारण ऐनमा ग्राहकको पहिचान गर्दा सहि तथा सो को सम्पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात, तथ्यांक वा जानकारीका आधारमा गर्नुपर्ने प्रावधान छ। तर,उक्त ब्रोकर कम्पनीहरुले ग्राहकको खाता खोल्दा सो कुरा उल्लंघन गरेको पाइएको भन्दै जरिवाना तिराएको सेबोनले जनाएको छ।




About Us
प्रतिक्रिया