काठमाडौं – नेपाल आयल निगम लिमिटेडले व्यावसायिक प्रतिष्ठानहरूलाई अनावश्यक ग्यास मौज्दात नराख्न कडा चेतावनी दिएको छ।
निगमले सूचना सार्वजनिक गर्दै बजार अनुगमनका क्रममा होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसजस्ता व्यावसायिक प्रतिष्ठानहरूमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको भेटिएको र यसैले उपभोक्ताले बजारमा सहजै ग्यास नपाउने अवस्था सिर्जना भएको जनाएकाे छ।
साविकको तुलनामा अहिले करिब २० प्रतिशत बढी ग्यास आयात तथा वितरण भए पनि सर्वसाधारण उपभोक्ताले अझैपनि बजारबाट सहज रूपमा ग्यास सिलिन्डर पाउन नसकेको गुनासो निरन्तर आइरहेको भन्दै सबै व्यावसायिक प्रतिष्ठानलाई अनावश्यक ग्यास मौज्दात नराख्न र यदि पहिल्यै राखिसकेको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्री वितरण गर्न अपिल गरेको छ।
निगमले ३१ असारदेखि बजारमा १४.२ किलोग्रामको भरी सिलिन्डर बिक्रीवितरण भइरहेको जनाएको छ। साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्रीवितरण भइरहेको भएपनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज रूपमा ग्यास नपाएको गुनासो आएको निगमले जनाएको छ।







About Us
प्रतिक्रिया