एकैदिन तोलामा ४६ सय रूपैयाँ घट्यो सुनको मूल्य, तोलाको कति ?


काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा पाँच सय रूपैयाँ घटेको सुनको मूल्ययसदिन प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख ६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा चार हजार सात सय ५० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार ६ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९० रूपैयाँ घटेको हो।