काठमाडौं – सरकारको स्वामित्वमा आएको स्मार्ट टेलिकम प्रालिको सम्पत्ति गैर कानुनी रूपमा लिलामी गरेको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको छ।
यस प्रकरणमा सीआईबीले २२ जनालाई प्रतिवादी बनाए प्रतिवेदन बुझाएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए। साथै, यस प्रकरणमा ९६ अर्ब बिगो दाबी गरिएको पनि उनले जानकारी दिए।
यस प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे समेत पक्राउ परेका थिए।








About Us
प्रतिक्रिया