काठमाडौं – नेपाली सेनाले २ सय ८० जना अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जंगीअड्डाले सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली युवालाई दरखास्त दिन भनेको हो।
२ सय ८० जना रिक्त अधिकृत क्याडेट पद (सहायक सेनानी/उपसेनानी) का लागि खुला तथा समावेशी प्रतियोताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ। इच्छुक व्यक्तिले आजदेखि आगामी भदौ १८ गतेसम्म आवेदन दिन सक्नेछन्।








About Us
प्रतिक्रिया