सीईओ पाण्डेकाे बयान: ‘स्मार्ट टेलिकमलाई ६ अर्ब कर्जा दिँदा नियामकीय मूल्याङ्कन आवश्यक थिएन’


काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले स्मार्ट टेलिकम प्रालिलाई नेपाल इन्भेष्टमेण्ट बैंक र प्राइम कमर्सियल बैंकबाट सहवित्तीयकरण ६ अर्ब कर्जा दिइएकाे बताएका छन्। उनले नेपाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बयान दिने क्रममा उक्त कर्जा प्रवाह गर्दा ललितपुर जिल्ला धापाखेलस्थितमा रहेको करिब २ रोपनीाकाे हाराहारीमा जग्गा र स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति धितो कायम गरी ऋणी कम्पनीका तर्फबाट तत्काल सचिनलाल आचार्य र सो पश्चात् सर्वेश जोशीको व्यक्तिगत जमानीमा कर्जा प्रवाह भएको बताएका हुन्।

कर्जा प्रवाहको वेलामा दूरसञ्चार सेवाको क्षेत्रमा क्रान्ति नै भएको थियो। सो क्षेत्रमा राम्रो हुन्छ भनेर बजार मूल्याङ्कन गरी स्मार्ट टेलिकमलाई कर्जा प्रवाह गरिएको उनले बताए। उनले भने, ‘त्यस बेलामा अवस्थामा दूरसञ्चार सेवाको नियमनकारी निकाय तर्फको मूल्याङ्कन गर्नुपर्ने थिएन। सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ पछि मात्र आएको हो।’

स्मार्ट टेलिकम पूर्णरुपमा बन्द भए पछि उक्त टेलिकमको नाममा प्रवाह भएको कर्जा रकम तिर्न आउनु भनी पटक पटक पत्र पठाउँदा समेत कर्जा तिर्न नआए पछि कर्ता तिर्न आउनु भनी हिमालयन टाईम्स पत्रिकामा ३५ दिने सार्वजनिक सूचना निकालिएको उनले बयानमा बताएका छन्।

यस्ताे छ सीईओ पाण्डेको बयान: