बैंकिङ्ग समाचार, काठमाडौं ।
बिपिडब्लु लघुवित्तले सामुदायीक लघुवित्तसँगको मर्जर प्रस्ताव पारित गर्न साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार २६ गते चौथो वार्षिक साधारणसभा बोलाएको हो ।
सभाले सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको मर्जरसम्बन्धि प्रस्ताव अघि सारिएको छ । सभाले सामुदायिक लघुवित्तसँगको मर्जरसम्बन्धि निर्णयलाई अनुमोदन गर्ने छ भने मर्जरको अन्तिम सम्झौता गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।
मर्जरको लागि राष्ट्र बैंक, कम्पनी रजिस्ट्रार कार्यलय तथा नेपाल धितोपत्र बोर्डको अनुमति लिने तथा आवश्यक अन्य कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले असार १२ गतेदेखि बुकक्लोज गर्ने भएकोले असार ११ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया