साङ्गे विद्युत कम्पनीले असार १९ देखि ८००% हकप्रद शेयर जारी गर्ने

साङ्गे विद्युत कम्पनीले असार १९ देखि ८००% हकप्रद शेयर जारी गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
साङ्गे विद्युत कम्पनीले असार १९ देखि ८०० प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीको जेठ २८ गतेको सञ्चालक समितिको निर्णयबमोजिम प्रतिकित्ता रू. ५० का दरले १ बराबर ८ को अनुपातमा २३ लाख ६८ हजार १२२ कित्ता हकप्रद शेयर विक्री खुला गर्न लागिएको हो ।

सम्बन्धित शेयरधनीहरूले साउन २२ गतेभित्र प्रतिशेयर रू. ५० का दरले हुन आउने रकम जम्मा गरी सोको बैंक भौचर दरखास्त फारम साथ संलग्न गर्न कम्पनीले भनेको छ । हकप्रद बापतको रकम प्राइम कमर्सियल बैंक लिमिटेडको न्यूप्लाजा, काठमाडौंमा रहेको खाता नम्बर ११३०५४०ऋब् मा जम्मा गर्नुपर्नेछ ।

हाल कम्पनीको प्रतिकित्ता शेयरको दर रू. ५० कायम भइसकेकाले आफ्नो शेयर संख्यालाई २ गुणा गरी हकप्रद भर्न कम्पनीले अनुरोध गरेको छ ।

शेयरधनीहरूले आफ्नो हक वा सोभन्दा बढी शेयर खरीद गर्न आवेदन दिन सक्ने जानकारीसमेत कम्पनीले दिएको छ । कबुल नगरिएको सम्पूर्ण हकप्रद शेयरहरू बढी शेयर खरीदका लागि आवेदन दिने शेयरधनीलाई निजको शेयर अनुपातमा विक्री गरिने भनाई कम्पनीको छ ।

हकप्रद खरीदका लागि दरखास्त फारम साङ्गे विद्युतको कार्यालय त्रिपुरेश्वर, काठमाडौंबाट प्राप्त गर्न र बुझाउन सकिनेछ । हकप्रद शेयर प्रयोजनका लागि असार ११ देखि १८ गतेसम्म शेयरधनी दर्ता किताव बन्द गरिनेछ ।