बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभा मिति २०८० आषाढ ३ गते बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको छ ।
उक्त साधारण सभाले आ.व.२०७८/७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण २०७९ साल आषाढ मसान्तको वासलात तथा आ.व.२०७८/७९ को वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन सहितका साधारण प्रस्ताव सहित सनराइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गरेको छ । प्रस्ताब अनुरुप सनराइज र लक्ष्मी बैंक बराबरी हैसियतमा मर्जरमा जाने प्रस्ताब पारित गरिएको छ ।
आइतबार सम्पन्न साधारण सभाले लक्ष्मी बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि थप प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ ।
प्रतिक्रिया