बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी विकास बैंक लिमिटेडले जेठ १६ गतेदेखि २५ गतेसम्म विक्री गरेको ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमा जेठ ३२ गते ऋणपत्र बाँडफाँड गरेको हो ।
बैंकले रू. १ अर्ब बराबरको १० वर्ष अवधिको ऋणपत्रमध्ये ६० प्रतिशत दरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थाहरूमा विक्री गरेको थियो । त्यस्तै ४० प्रतिशत दरको ४ लाख कित्ता ऋणपत्रमध्ये २० हजार कित्ता सामूहिक लगानीकोषका लागि र बाँकी ३ लाख ८० हजार कित्ता सर्वसाधारणमा बाँडफाँड गरेको छ ।
बैंकले ११ प्रतिशत ब्याजदर रहेको ‘११% एलबिबिएल डिबेञ्चर २०८९’ नामको ऋणपत्र निष्कासन गरेको हो । नेपाल धितोपत्र बोर्डले बैंकलाई उक्त ऋणपत्र निष्कासनका लागि बैशाख १० गते अनुमति दिएको थियो । बैंकले ऋणपत्रबाट आर्जिन ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपछि कर कट्टा गरी भुक्तानी गर्ने जानकारी दिएको छ ।
प्रतिक्रिया