माछापुच्छ्रे बैंकले पायो इन्फोसिस फिनाकल इनोभसनबाट ‘म्याक्स्मिाइजिङ्ग कस्टुमर इन्गेजमेन्ट गोल्ड’ अवार्ड

माछापुच्छ्रे बैंकले पायो इन्फोसिस फिनाकल इनोभसनबाट ‘म्याक्स्मिाइजिङ्ग कस्टुमर इन्गेजमेन्ट गोल्ड’ अवार्ड


बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंक लि.ले ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङ्गमा अभुतपूर्व सफलता हासिल गरे सँगै यस बैंक “Infosys Finacle Innovation Awards, 2023-Maximizing Customer Engagement-Gold” पुरस्कारबाट सम्मानित भएको छ ।

बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी Infosys Finacle, India, Bangalore ले प्रदान गर्ने “Infosys Finacle Innovation Awards, 2023-Maximizing Customer Engagement-Gold” नामक पुरस्कार बाट माछापुच्छ्रे बैंक लि. सम्मानित भएको  हो । विगत दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदमहरू चालेको छ । Infosys Finacle ले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आई रहेको छ । यस वर्ष विश्वभरीबाट २०० भन्दा बढी कम्पनीहरु विभिन्न विधाहरुमा मनोनयनमा परेका थिए ।

माछापुच्छ्रे बैंक लि.ले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।