बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्से)ले ५० प्रतिशत हकप्रदका लागि शेयरमूल्य समायोजन गरेपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १८२ दशमलव ०७ कायम गरेको छ । बिहीवारको अन्तिम कारोबार मूल्य अनुसार प्रतिकित्ता रू. २२३ दशमलव १० थियो । अब यही समायोजित मूल्य अनुसार नै कम्पनीको शेयर आइतवार देखि कारोबारमा आउनेछ ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनाको लागि आज असार १ गते बुक क्लोज गरेको हो । यसको आधारमा जेठ ३२ गतेसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।
कम्पनीले १० बराबर शून्य ५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न जेठ २२ गते स्वीकृती पाएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ८२ लाख २१ हजार ४५९ दशमलव ७२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
प्रतिक्रिया