नेप्सेमा आज ५ अंकको सामान्य वृद्धि, हिजो ५ अर्ब नाघेको कारोबार रकम ३ अर्बमा सिमित

नेप्सेमा आज ५ अंकको सामान्य वृद्धि, हिजो ५ अर्ब नाघेको कारोबार रकम ३ अर्बमा सिमित


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सामान्य अंकको वृद्धि भएको छ । साताको कारोबारको अन्तिम दिन आज बिहिवार नेप्से ५ अंकले बढेर २ हजार ४२ दशमलब ०७ विन्दुमा बन्द भएको हो । बुधवार नेप्से १६.४२ अंकले बढेर २ हजार ३७ दशमलब ०६ विन्दुमा बन्द भएको थियो ।

आज नेप्सेमा सामान्य अंकको वृद्धि भएपनि कारोबार रकममा भने उल्लेख्य गिरावट भई ३ अर्बमा सिमित भएको छ । आज नेप्सेमा ३ अर्ब १६ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार ५ अर्ब १ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ७५ कम्पनीको शेयरमूल्य बढेको छ भने १३९ कम्पनीको शेयरमूल्य घटेको छ, ९ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिटी होटल्सको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर १७८.७० रुपैयाँ पुगेको छ भने अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.२० प्रतिशतले बढेर ७६० रुपैयाँ पुगेको छ ।

आज भुगोल इनर्जी डेभलपमेन्टका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढिले घटेको छ । 

त्यस्तै, नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको आज १७ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।