बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा बिहीवार मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ सहित कुल ५४ लाख २५ हजार ८३३ कित्ता साधारण शेयर सूचीकृत भएको छ ।
कम्पनीले सर्वसाधारण लगानीकर्ता, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरुको लागि निष्कासन गरेको कुल १६ लाख २७ हजार ७५० कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ३७ लाख ९८ हजार २३ कित्ता गरी कुल ५४ लाख २५ हजार ८३३ कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ७७ रुपैयाँ ४५ पैसादेखि २३२ रुपैयाँ ३५ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सो रेन्जमा रहेर आइतबारदेखि कम्पनीको शेयर कारोबार खुल्नेछ ।
कम्पनीको शेयरलाई नेप्सेले एमसीएचएल (MCHL) कारोबार संकेत प्रदान गरेको छ । साथै कम्पनीले शेयर सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा एनआईसी एशिया क्यापिटल बबरमहलबाट हुने जानकारी गराएको छ ।
प्रतिक्रिया