बैंकिङ्ग समाचार, काठमाडौं ।
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १६ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेष्टुरेन्ट, ककनी, नुवाकोटामा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्त प्राप्ति गर्ने प्रक्रिया स्वीकृत गर्नेछ । यी दुई कम्पनीबीच गत चैत २९ गते प्राप्ति सम्बन्धि प्रारम्भिक सम्झौता भएको थियो ।
नेपाल राष्ट्र बैंकले प्राप्तिका लागि जेठ २३ गते सैद्धान्तिक सहमति प्रदान गरिसकेको अवस्थामा विशेष साधारण सभामार्फत प्राप्ति प्रस्ताव पारित गर्न लागेको हो । सभाले दुवै लघुवित्तबीच प्राप्ति प्रक्रियालाई निर्धारण गरिएको १ः१ शेयर स्वाप रेसियो पारित गर्नेछ ।
प्राप्ति पछि राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार गर्ने तथा केन्द्रिय कार्यालय बनेपा नगरपालिका –१३ काभ्रेपलाञ्चोकमा रहने प्रस्ताव समेत सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि असार ७ गते एक दिन बुकक्लोज गर्ने तयारी कम्पनीले गरेको छ । बुकक्लोजको आधारमा असार ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया