धौलागिरी र खप्तड लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

धौलागिरी र खप्तड लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति


बैंकिङ्ग समाचार, काठमाडौं ।
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकलले अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले जेठ २४ गते एक पत्र पठाउँदैं दुबै लघुवित्तलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।

यी दुई कम्पनीबीच गत मंसिर १८ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता भएको थियो । दुबै कम्पनीले मर्जर सम्बन्धी प्रस्ताव वैशाख १६ गते वार्षिक साधारण सभामार्फत पारित गरिसकेका छन् । राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति लिई कम्पनीहरूले एकिकृत कारोबारको मिति तय गर्नेछन् ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाटै एकिकृत कारोबार गर्ने सहमति कम्पनीहरूबीच भएको छ ।

\"\"