बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्रिय बीमा कम्पनीले एकैपटक ६ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग) को ३१औं बार्षिक साधारण सभा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
कम्पनीले साविकको राष्ट्रिय बीमा संस्थानको तीन वर्षकाे र राष्ट्रिय बीमा कम्पनीको तीन वर्षकाे गरी ६ आर्थिक वर्षको साधारणसभा एकैपटक जेठ ३१ गते सम्पन्न गरेकाे हाे । उक्त सभा काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने राष्ट्रिय बीमा कम्पनी लिमिटेड (साबिकको राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग) आर्थिक बर्ष २०६८/६९, आर्थिक बर्ष २०६९/७० र आर्थिक बर्ष २०७०/७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक बर्ष २०७०/७१, आर्थिक बर्ष २०७१/७२ र आर्थिक बर्ष २०७२/७३ सम्म गरी ३ वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेड (साबिकको राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग) आर्थिक बर्ष २०६८/६९, आर्थिक बर्ष २०६९/७० र आर्थिक बर्ष २०७०/७१ सम्म र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक बर्ष २०७०/७१, आर्थिक बर्ष २०७१/७२ र आर्थिक बर्ष २०७२/७३ सम्मको लेखापरीक्षकको प्रतिवेदन सहितको असार मसान्तको वासलात, सोही मितिमा समाप्त नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गरेको छ ।
त्यस्तै, सभाले रिक्त रहेको सञ्चालक समितिमा रविकुमार टिवडेवाललाई निर्विरोध निर्वाचित गरेको छ । उनी सर्वसाधारण शेयरधनीकोतर्फबाट कम्पनीको सञ्चालकमा निर्वाचित भएका हुन् ।
प्रतिक्रिया