कालिका लघुवित्तको करिब ६ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

कालिका लघुवित्तको करिब ६ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर बुधवार सूचीकृत भएको छ । 

कम्पनीले गत चैत २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

कम्पनीको ५ लाख ९४ हजार ४६३ दशमलव २९ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब कम्पनीका सम्बन्धित शेयरधनीले यो बोनस शेयर हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।