रावा इनर्जिको आईपीओ बाँडफाँड, ७ जनाले पाए ११ कित्ता शेयर

रावा इनर्जिको आईपीओ बाँडफाँड, ७ जनाले पाए ११ कित्ता शेयर


बैंकिङ्ग समाचार, काठमाडौं ।
रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले जेठ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । मंगलवार कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल कमलादीमा बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा ११ लाख ८५ हजार २०६ जना आवेदकले १ करोड २९ लाख ८६ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए । १० लाख ७७ हजार ७४० जना योग्य आवेदकलाई शेयर बाँडफाँड गरिएको हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितापत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण भएको छ । त्यस अनुसार कुल योग्य आवेदक मध्येबाट ६४ हजार ३६६ जनालाई १० कित्ताका दरले ६ लाख ४३ हजार ६६० कित्ता शेयर वितरण भएको छ । त्यस मध्येबाट पनि २० कित्ता भन्दा बढी आवेदन गर्ने ७ जनाले थप एक कित्ता शेयर पाएका छन् ।