मुक्तिनाथ विकास बैंकको १ लाख १९ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले संस्थापक समूहको १ लाख १९ हजार ५५ कित्ता शेयर आज (जेठ ३० गते)बाट लिलाम बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई यो सूचना जारी भएको ३५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी बिक्री प्रबन्धक बीओके क्यापिटलको काठमाण्डौको नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन बैंकले अनुरोध गरेको छ ।

बैंकले उक्त शेयरको प्रति कित्ता न्यूनतम मूल्य १९० रुपैयाँ तोकेको छ । उक्त मूल्य भन्दा कम मूल्य अंकित गरी बोलपत्र पेश गरिएको भएमा आवेदन स्वत रद्ध हुने बैंकले जनाएको छ ।

उक्त शेयर खरिदको लागि तोकिएको म्याद भित्र कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा अन्य ब्यक्ति तथा संस्थालाई शेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।