बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्री डा. प्रकाशरण महतले तीनवटा जिल्लामा मात्र बजेट केन्द्रित गरिएको विषयमा स्पष्टाक्ती दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पुँजीगत तर्फ बजेट डडेलधुरा, गोरखा र नुवाकोटमा कूल १२३ अर्ब रूपैयाँ विनियोजन रहेकोमा ३ वटा जिल्लामा छुट्टाएको रकम ठूलो परिमाणमा नभएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।
आगामी वर्षको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले कतिपय पहाडि जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकोले आवश्यकताका आधारमा सडक आयोजनामा विनियोजन बढाउनु परेको स्पष्ट पारे ।
प्रतिक्रिया