बैंकिङ्ग समाचार, काठमाडौं ।
यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ । जेठ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
अब इन्स्योरेन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड मार्फत हुने कम्पनीले जनाएको छ ।
साविक यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड मर्जर भई यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट जेठ १४ गतेदेखि एकिकृत कारोबार शुरु गरेको हो ।
प्रतिक्रिया