बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज उच्च अंकको वृद्धि भएको छ । साताको कारोबारको पहिलो दिन आज आइतवार नेप्से ४०.४८ अंकले बढेर १ हजार ९ सय ८० दशमलब ०९ विन्दुमा बन्द भएको हो । बिहिवार नेप्से ७.२७ अंकले बढेर १ हजार ९ सय ३९ दशमलब ६१ विन्दुमा बन्द भएको थियो ।
आज नेप्सेमा उच्च अंकको वृद्धि भएसँगै कारोबार रकम पनिज बढेर करिब साढे ३ अर्ब पुगेको छ । आज नेप्सेमा ३ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिवार २ अर्ब ३० करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका २१२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीकोे शेयरमूल्य घटेको छ, ५ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४५.३० रुपैयाँ पुगेको छ भने सिटि होटलको आज पहिलो कारोबारमा ९.९९ अंकको वृद्धि भएको छ ।
आज ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढिले घटेको छ ।
यस्तै, नेप्सेका अनुसार आज सबैभन्दा बढी नागरिक लगानी कोषको कारोबार भएको छ । यसको आज ११ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया