डिप्रोक्स र आदर्श लघुवित्तको मर्जर प्रयोजनार्थ जेठ ३२ गते सम्पूर्ण कारोबार बन्द हुने

डिप्रोक्स र आदर्श लघुवित्तको मर्जर प्रयोजनार्थ जेठ ३२ गते सम्पूर्ण कारोबार बन्द हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सम्पूर्ण कारोबार जेठ ३२ गते एक दिन बन्द हुने भएको छ । मर्जर/प्राप्ति प्रक्रिया पुरा गरी असार १ गतेदेखि डिप्रोक्स लघुवित्तको नामबाट एकीकृत कारोबार सुरू गर्न लागेका यी दुई कम्पनीले तयारी स्वरुप वित्तीय कारोबार एक दिन बन्द गर्न लागेका हुन ।

गत असोज १४ गते डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्नका लागि प्रारम्भिक सम्झौता गरेका यी दुई कम्पनीले चैत १३ गते अन्तिम सम्झौता गरेका थिए । प्राप्तिपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय चितवन, भरतपुरमा रहने जानकारी समेत कम्पनीले दिएको छ । यी दुई कम्पनीलाई एकिकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले जेठ ३ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

दुवै लघुवित्तबीच शेयर स्वाप रेसियो १ः१ अनुपात कायम हुनेगरी मर्ज हुने भएका हुन् । अर्थात् डिप्रोक्स लघुवित्तको १ कित्ता शेयर बराबर आदर्श लघुवित्तको १ कित्ता शेयर कायम हुनेछ ।