एलआईसी नेपालले शेयरधनीलाई लाभांश नदिने

एलआईसी नेपालले शेयरधनीलाई लाभांश नदिने


बैंकिङ्ग समाचार, काठमाडौं ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी नेपाल) लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको जेठ २६ गते बसेको संचालक समितिको बैठकले आव २०७७/७८ को मुनाफाबाट कुनै पनि लाभांश नबाँड्ने निर्णय गरेको हो ।

कम्पनीको अघिल्लो आव २०७७/७८ को वासलात, सोही आ.व.को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने कम्पनीले जनाएको छ । 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशलमव ०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।