नेशनल माइक्रोफाइनान्सको ८ लाख ८० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

नेशनल माइक्रोफाइनान्सको ८ लाख ८० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार लघुवित्तको ८ लाख ८० हजार १२.४६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको संस्थाको १५ प्रतिशत दरका कुल ८ लाख ८० हजार १२.४६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । 

सूचीकृत पश्चात् उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।