पछिल्लो १० महिनामा देशको आर्थिक तथा वित्तीय स्थितिः शोधनान्तर स्थिति सवा २ खर्ब बचतमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा रहेको थियो । देशको अर्थतन्त्र सुधारिँदै गएपछि शोधानान्तर स्थिति बचतमा हुन पुगेको हो ।