पछिल्लो १० महिनामा देशको आर्थिक तथा वित्तीय स्थितिः विदेशी विनिमय संचिति २०% ले बढेर करिब १५ खर्ब

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्ष २०७९/८० को दश महिनासम्ममा विदेशी विनिमय संचिति २०.९ प्रतिशतले बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको वित्तीय तथ्याङ्कअनुसार २०८० वैशाख मसान्तमा विदेशी विनिमय संचिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड हेकोमा २०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड कायम भएको छ ।