सिटिजन्स बैंकद्वारा डिजिटलरुपमा पनि चन्दा दिन सकिने क्युआर कोडसहितको चन्दा बाकस वितरण

सिटिजन्स बैंकद्वारा डिजिटलरुपमा पनि चन्दा दिन सकिने क्युआर कोडसहितको चन्दा बाकस वितरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बागमती प्रदेश अन्तर्गत देवीघाट शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवीघाट, नुवाकोट स्थित श्री जाल्पा देवी मन्दिर लाई क्युआर कोर्ड सहितको आधुनिक चन्दा बाकस प्रदान गरेको छ ।

बिहिबार एक समारोहका बिच उक्त चन्दा बाकस देवीघाट शाखाले स्थानीय प्रतिनिधि, मन्दिर संरक्षण समितिका अध्यक्ष मानबहादुर डङ्गोल र बाँकी सदस्यहरू, बैंकका कर्मचारीहरू लगायत आसपासका प्रतिष्ठित स्थानीय र शुभचिन्तकहरूको उपस्थितीमा श्री जल्पा देवी मन्दिरलाई चन्दा बाकसको चाबी हस्तान्तरण गरेको छ ।

त्समा चन्दा बाकसमा भौतिक नगद सहित क्युआर कोड वा फोन पे एप मार्फत मन्दिरमा दान गर्न सकिन्छ । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमहरु प्रदेशका अन्य शाखाहरु मार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ७२ हजार ग्राहकलाई बैंकिङ्ग सेवा प्रदानगर्दै आएको छ ।